अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 14:50

नागरिकको दृष्टिको सुरक्षामा सरकार सचेत र क्रियाशील – स्वास्थ्यमन्त्री ढकाल

बिआरटीनेपाल २०७७ असोज २२ गते ७:३१ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको बताउनुभएको छ । विश्व दृष्टि दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै मन्त्री ढकालले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गर्नुभएको छ । विश्वव्यापी रूपमा “दृष्टिप्रतिको आश” भन्ने मूल नाराका साथ बिहीबार विश्वदृष्टि दिवस मनाईएको छ ।

सन्देशमा मनत्री ढकालले नेपालले अहिले कोभिड–१९ को सङ्क्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पुर्याउन सवैलाई आब्हान गर्नुभयो । स्वास्थ्य सेवा लिन नपाई मर्कामा रहेका सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा नियमित रूपमा प्रवाह गर्न स्वास्थ्य संस्थालाई थप सक्रिय हुन पनि ढकालले अनुरोध गर्नुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको अाँंकडाअनुसार विश्वमा करिब २ अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या छ भने करीब १ अर्बलाई अझै पनि आँखा सेवाको पहँुच भएमा दृष्टिको जगेर्ना गर्न सकिने बताइएको छ । यसमा थप करीब २ अर्ब ६० करोडमा अदूरदृष्टिको समस्या रहेको छ, जसमध्ये ३ करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा यस्तो समस्या देखिएको छ ।

नेपालमा सन् २०१२ को सर्वेक्षणले जनसंख्याको ०.३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको देखाएको छ । यो समस्या सन् १९८१ को सर्भेक्षणमा ०.८४ प्रतिशत जनसंख्यामा रहेको पाइएको थियो । अन्धोपन तथा दृष्टिदोषको अनुपातमा कमी देखाए तापनि जनसंख्या वृद्धि र ज्येष्ठ नागरिकको संख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टिदोषको स.ख्यामा त्यति फरक परेको देखिँदैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू