अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 17:07

नक्कली सुन प्रकरणमा दुई प्रहरीसहित ९ जना जेल चलान

बिआरटीनेपाल २०७७ असोज २० गते ७:३६ मा प्रकाशित

साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुन तस्करी प्रकरणमा ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।जिल्ला अदालत काठमाडौंले प्रहरीद्धय बहादुरसिंह कठाडत र प्रसन्न श्रेष्ठसहित भारतका निलेश शखिया, विजय पटेल भन्ने विजय कुमार मगनलाल हसोडा, कौशल पटेललाई कारागार चलान गर्ने आदेश दिएको छ।

यस्तै सिन्धुपाल्चोकका उमेश श्रेष्ठ, राजु मुन्ना खान, श्रदुल अन्सारी र इल्ताफ हुसेन अन्सारी पनि कारागार चलान भएका छन्। आरोपीमध्येका विजय ताम्राकारसँग ५ लाख र श्रीनिवास उपाध्यायसँग १ लाख रुपैयाँ धरौटी माग गरिएको छ भने मणिक मल्लिक साधारण तारेखमा रिहा भएका छन्।

सुन तस्करी, हात हतियार तथा खरखजना र संगठित अपराध लगायतमा दुई ज्वलरी पसलेसहित १७ जना विरुद्ध मुद्दा दायर गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा असोज ११ गते पाँच अभियोगमा मुद्दा दायर गरेको थियो। उनीहरुलाई हतियार तथा खरखजना, अवैध सुन चाँदी चोरीपैठारी, चोरीनिकासी, डाँकाचोरी र संगठित अपराधमा सजाय हुनुपर्ने जिकीर अभियोगपत्रमा गरिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू