अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

कोरोना संक्रमणमा नेपाल चीनभन्दा अगाडि

बिआरटीनेपाल २०७७ असोज १८ गते ६:४४ मा प्रकाशित

मुलुकमा पछिललो समय कोरोना भाइरस संक्रमणको भयावह तस्वीर देखिन थालेको छ । नेपालले कोभिड–१९ को शुरुवात भएको मुलुक चीनलाई पनि संक्रमण दरमा उछिनेको छ । चीनको वुहानबाट संसारभर फैलिएको यस महामारीको दूष्प्रभाव झण्डै डेढ अर्बको जनसंख्या भएको विशाल चीनभन्दा तीन करोड पनि जनसंख्या नभएको नेपालमा संक्रमित बढी हुन पुगेको तथ्यांकले देखाएको हो ।

नेपालमा आजसम्मको तथ्यांक अनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको छ जबकी विश्वकै ठुलो जनसंख्या रहेको चीनमा यो संख्या ८४ हजार ४५० मा सीमित छ । केही दिनयता राजधानी काठमाडौं कोरोना संक्रमणबाट सबैभन्दा नराम्ररी प्रभावित भइरहेको छ । दैनिक संक्रमितको संख्या बढ्ने र संक्रमितलाई संक्रमण नभएकासँग अलग राख्नेसम्मको व्यवस्थापन पनि सरकारले गर्न सकेको छैन ।

नेपालमा पछिल्लो समय कन्ट्याक्ट ट्रेसिङ हुनै छाडेको छ भने आइसोलेसन सेन्टरमा संक्रमितलाई राख्न छाडिएको छ । संक्रमितलाई घरमै बस्न छुट दिँदा स्वास्थ्यका मापदण्डहरुको पालना कडाईका साथ नहुँदा अवस्था थप जटिल बन्दै गएको छ । सामुदायिक स्तरमा बेलगाम फैलँदो कोरोना, अत्यन्तै कमजोर र फितलो व्यवस्थापन, अपुग स्वास्थ्य संरचना र स्वास्थ्य सामग्री, छाडा नागरिक शैली जस्ता कारणले नेपालमा कोरोनाको आकार उकालो लागेको सहजै विश्लेषण गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू