अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०४ | Colorodo: 12:19

कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक सापकोटाको मृत्यु

बिआरटीनेपाल २०७७ असोज १५ गते ६:४७ मा प्रकाशित

कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको बिहीबार दिउँसो मृत्यु भएको छ । विगत दुई सातादेखि नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्जमा उपचाररत सापकोटाको दिउँसो करिब ३ बजे मृत्यु भएको हो ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका सापकोटालाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो । डा. खड्कासहितको टोली बिहीबार ४ बजे नेपालगन्जतर्फ गएको छ । डा सापकोटा वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ हुनुहुन्थ्यो ।

योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । मंगलबार घरमै मृत अवस्थामा भेटिएकी ३५ वर्षीया एक महिलामा बुधबार कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू