अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई नेकपाको आग्रह

बिआरटीनेपाल २०७७ असोज ६ गते ७:१७ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ ।नेकपा सचिवालयको आज बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो । साथै, परिषद्को बैठक राखेर पदपूर्ति प्रक्रिया अगाडि बढाउन सबैलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बैठकले सांगठनिक एकताका बाँकी कामलाई पुरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले पार्टीभित्रको एकता, समझदारी र विश्वासलाई सुदृढ गर्ने, पार्टी र सरकारको सम्बन्धलाई मजबुत बनाउने, सरकारको कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाइ सरकारको विश्वसनीयता अझ बढी बनाउने र सरकारलाई अझ सफल बनाउनेतर्फ अघि बढ्ने विश्वास र अपेक्षा गरेको श्रेष्ठले बताउनुभयो । आजको बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे भने कुनै छलफल नभएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू