अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३२ | Colorodo: 09:47

गण्डकी प्रदेशमा ३८ जनामा कोरोना सङ्क्रमण

बिआरटीनेपाल २०७७ असोज ५ गते ७:०४ मा प्रकाशित

गण्डकी प्रदेशका ५ वटा जिल्लामा आज थप ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका १७ जना, बागलुङका १४ जना, कास्कीका ४ जना, स्याङजाका २ जना र गोरखाका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परिक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३४ सय ७७ पुगेको स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

ढोरपाटन ४ का ३१ वर्षका पुरुष र गोरखा जिल्ला, सिरानचोक ६ का ३३ वर्षका पुरुष गरी २ जना भारतबाट आई क्वारेन्टाइनमा बसेको पाइएको छ । अन्य सबै सङ्क्रमित कोरोना सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्ति रहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू