अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

कोरोनाबाट पहिलोपटक नेपाली सेनाका जवानको मृत्यु

बिआरटीनेपाल २०७७ असोज ४ गते ७:३९ मा प्रकाशित

कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको छ । रामेछाप घर भइ काठमाडौंमा कार्यरत जवानमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

ब्लड क्यान्सरको उपचार गराइरहेका उनको गत भदौ २९ गते मृत्यु भएको थियो । मृत्युपछि गरिएको परीक्षणमा गत शुक्रबार उनमा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले नेपाली सेनामा कोरोना संक्रमितको संख्या २ हजार ५६ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू