अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३ | Colorodo: 10:28

डा. केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

बिआरटीनेपाल २०७७ असोज ३ गते ७:४० मा प्रकाशित

जुम्लामा १९औंपटक सत्याग्रह बस्नुभएका डा. गोविन्द केसीका माग पूरा गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘एमबीबीएस’ कार्यक्रम सञ्चालन हुनुपर्नेलगायतका माग राखेर सत्याग्रहमा बस्नुभएको छ ।

‘डा. केसीका माग पूरा गर’, ‘डा. केसीको जीवनरक्षा गर’लगायतका नारा लेखिएको प्लेकार्डसहित युवाहरूले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

डा. केसी कोरोनाभाइरसको ‘पीसीआर’ परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चितता हुनुपर्नेलगायतका माग राखेर भदौ २९ गतेदेखि जुम्लामा अनशनरत् हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू