अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित

बिआरटीनेपाल २०७७ असोज १ गते ७:३२ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको छ ।गएको सोमबारको मन्त्रिपरिषद्को बैठकले गौतमलाई मनोनयनको लागि सिफारिस गरेअनुसार बिहीबार राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको हो । नेता गौतमले आजै सपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रिय सभामा राष्ट्रपतिले नियुक्त गर्ने तीन जना सदस्यमध्ये डाक्टर युवराज खतिवडाको कार्यकाल भदौ २० गते सकिएपछि पद रिक्त रहेको थियो । रिक्त रहेको पदमा नेपाल कम्युनिस्ट पार्टीले २०७४ सालको चुनावमा बर्दियाबाट पराजित हुनुभएका वामदेव गौतमलाई सदस्य बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू