अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

पन्तलाई  पुरस्कार गौतमलाई अभिनन्दन

बिआरटीनेपाल २०७७ भदौ ३१ गते ८:०५ मा प्रकाशित

यस वर्षको “राजमित्र स्मृति पुरस्कार” साहित्यकार महेश्वर पन्तलाई प्रदान गर्ने निर्णय भएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद काफ्ले”शैव” , कवि लालगोपाल सुवेदी र गत वर्ष पुरस्कृत कवि दीपा राई पुन रहेको निर्णायक समितिले  उक्त निर्णय गरेको हो । यसै गरी मुर्चुङ्गा एवं सारंगी वादक सुशील गौतमलाई अभिनन्दन गर्ने भएको छ ।

साहित्यकार  सुशील नेपाल र  ईश्वरी नेपालद्वारा स्थापित  राजमित्र स्मृति प्रतिष्ठानले म्यासाचुसेट्स राज्यमा बसोबास गरेर नेपाली भाषा साहित्यको सेवामा निरन्तर सक्रिय रहनेलाई विगत पाँच वर्षदेखि  नगद र प्रमाणपत्रद्वारा सम्मान गर्ने गरेको छ । उक्त पुरस्कारबाट साहित्यकार भारती गौतम, दिनेश राजभण्डारी , गोवर्द्धन पूजा , लालगोपाल सुवेदी र दीपा राई पुन  सम्मानित भइसकेका छन्  भने  लोक गायक मीन केसी र  सारङ्गी वादक श्याम नेपालीलाई अभिनन्द भइसकेका छन् ।

कोरोनाको विषम परिस्थितिको कारण यस वर्षको कार्यक्रम २० तारिख आइतबार  १० बजे बिहान ज़ूम भर्चुअलबाट गरिनेछ । संस्थाले बोष्टन बाहिर तर उत्तर अमेरिकाभित्र रहेर नेपाली भाषा साहित्यको सेवा गर्ने नेपाली साहित्यकारलाई पनि सम्मान गर्ने निर्णय गरेको थियो तर यस वर्ष कोरोनाको कारणले गर्दा अर्को वर्षदेखि गरिने भएको छ ।

यस वर्ष सम्मानित हुने साहित्यकार महेश्वर पन्त एन्आर्एन्ए भाषा साहित्य तथा संस्कृति सम्पदा संरक्षणका सदस्य हुनु भने उनका गीति एल्वम् लगायत फुर्लुंग (उपन्यास) नवोल्नेहरू (कथा सङ्ग्रह) र मुन्द्री (कथा सङ्ग्रह) प्रकाशित छन् ।साहित्यकार सुशील नेपालका प्रातस्मरणीय मातापिताको स्मरणमा स्थापित यस संस्थाले विगत पाँच वर्षदेखि आजसम्मका कार्यक्रमहरूलाई समेटेर स्मारिका छिटै प्रकाशन गर्न लागेको अनेसास बोस्टन च्याप्टरका अध्यक्ष यम पौडेलले बताएका छन् ।

प्रतिक्रिया