अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३
| Colorodo: 22:58
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि लिइएका स्वाब सुरक्षित तरिकाले स्टोर गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले रिपोर्ट पोजेटिभ देखिएकाको एक र नेगेटिभ देखिएकाको तीन महिनासम्म सुरक्षित तरिकाले स्टोर गर्न सबै अस्पताल तथा प्रयोगशालालाई निर्देशन दिएको जानकारी दिनुभयो ।
यस्तै परीक्षणको रिपोर्टमा व्यक्तिको स्थायी ठेगाना नभइ, बस्दै आएको ठेगाना राख्न पनि उहाँको आग्रह छ ।