अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

रातो मच्छिन्द्रनाथलाई बुङमती पुर्याईदै

बिआरटीनेपाल २०७७ भदौ २९ गते ७:०१ मा प्रकाशित

ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथलाई बुङमती पुर्याईदै छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण यसपालि रथलाई तानिएको छैन । यसअघि गएको भदौ १८ गते रथ यात्राका क्रममा पुल्चोकमा स्थानीय युवा र प्रहरीबीच झडप भएपछि क्षमा पूजा गरेर साङ्केतिक रुपमा रथ तानिएको थियो ।

रातो मछिन्द्रनाथलाई बुङमती लग्न ज्योतिषीले सोमबारको लागि शुभसाइत जुराएकाले रातो मच्छिन्द्रनाथलाई बुङमती पुर्याउन लागिएको हो । बुङमती पुर्याएकोे चार दिनमा विशेष पूजाआजा गरी जात्रा सक्ने तयारी छ । कोरोनाकै कारण यसपालि नरिवल खसाल्ने र भोटो देखाउने जात्रा स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू