अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४९ | Colorodo: 21:04

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयमा सीभीएस गठन

बिआरटीनेपाल २०७७ भदौ २८ गते ६:५७ मा प्रकाशित

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सचिवालयअन्तर्गत कोभिड १९ स्वयम् सेवा (सिभिएस) गठन गर्नुभएको छ । प्रवक्ता श्रेष्ठको सचिवालय अन्तर्गत रहने सिभिएसले कोभिड उपचारसम्बन्धी प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग गर्ने, मनोसामाजिक परामर्श दिने, आपतकालीन स्वास्थ्य परामर्श, आप्रबासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तिमा समन्वय तथा सहयोग गर्ने जनाइएको छ ।

सिभिएसले नेपाल सरकारको कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी नीति, योजना र निर्देशलाई मुल मार्गदर्शन मानी कार्यान्वयनमा सहयोग पु¥याउने श्रेष्ठको सचिवालयले जनाएको छ । पीसीआर परीक्षणपछि चाँडो रिपोर्ट प्राप्तिका लागि पहल गर्ने र सङ्क्रमण भएनभएको निश्चित नभएसम्मको लागि उक्त व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य अवस्थाको विशेष ख्याल राख्न सहयोग पु¥याउने पनि सिभिएसले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू