अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४६ | Colorodo: 12:01

’स्वास्थ्यकर्मीको सम्मानमा असोज १ गते घरघरमा दीपावली गरौँ’

बिआरटीनेपाल २०७७ भदौ २८ गते ६:४८ मा प्रकाशित

सरकारले आउँदो असोज १ गते बेलुका आठ बजे घरघरमा दीपावली गर्न अनुरोध गरेको छ । विश्व बिरामी सुरक्षा दिवसको अवसरमा स्वास्थ्यकर्मीहरुको सम्मानमा दीपावली गर्न अनुरोध गरेको स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशक तारानाथ पोखरेलले बताउनुभयो ।कोरोना महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र उनीहरुको सम्मानका लागि सरकारले पनि असोज १ गते बेलुका सात बजे माईतीघर मण्डलामा दीप प्रज्वलन गर्ने उहाँले बताउनुभयो ।

महानिर्देशक पोखरेलले त्यही समयमा कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्नुको साथै कोरोनाबाट ज्यान गुमाएकोहरुको सम्झनामा एक मिनेट मौनधारणसमेत गर्ने बताउनुभयो । यस वर्षको विश्व बिरामी सुरक्षा दिवस स्वास्थ्यकर्मीहरुको सुरक्षा, बिरामीको सुरक्षाको प्राथामिकता भन्ने विषयमा मनाउन लागिएको र ’स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि सबै बोलौँ’ भन्ने नाराका साथ मनाउन लागिएको उहाँले बताउनुभयो ।

निर्देशक पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षा र उच्च मनोबल विना कोरोना भाइरसविरुद्धको लडाइँमा जित हासिल गर्न नसकिने भएकोले उनीहरुको सुरक्षा र सम्मानका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू