अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३७ | Colorodo: 14:52

बागलुङको जैमिनीमा पहिरामा परी २ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ भदौ २८ गते ६:४६ मा प्रकाशित

बागलुङ जैमिनी नगरपालिकामा पहिराले पुरिएर २ जनाको ज्यान गएको छ । स्थानिय बिनामारेमा घर माथिबाट खसेको पहिरोले पुर्दा एक जनाको मृत्यु भएको हो भने टुनिकोटमा अर्का एक जनाको ज्यान गएको छ ।विनामारेमा निलकण्ठ पौडेलको घरमाथिबाट बासको झाङ सहित खसेको पहिरोले घर पुरिदा उहाँकी ७५ वर्षीया आमा जाल्पादेवी पौडेलको मृत्यु भएको हो । ७ जना परिवार सदस्य रहेको उक्त घरका ६ जना भागेर बाच्न सफल भएका छन् । घर धनी निलकण्ठ शर्मा सामान्य घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

त्यसैगरी जैमिनी नगरपालिका–१ टुनिकोट निवासी मणिभद्र पाध्याको घरमाथिबाट सडकमा लगाएको ग्याबिन जाली सहितको पहिरोले घर पुर्दा उनकी ६५ वर्षीया पत्नी लक्ष्मीदेवी पाध्याको पुरिएर मृत्यु भएको छ । ३ जना परिवार बस्दै आएको उक्त घरका धनी मणिभद्र पाध्य र उहाँकी छोरी देवी पाध्यालाई सामान्य घाइते अवस्थामा पहिरोबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । पहिरोमा पररी केही पशु चौपाय समेत मरेका छन् । पहिरोले चार घरमा क्षेति पुगेको र दुई घरपरिवार विस्थापित समेत भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू