अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३४ | Colorodo: 21:49

सभापतिसँग तारे होटलमा वार्ता भएको भन्ने समाचार भ्रामक – कांग्रेस महामन्त्री शशांक कोईराला

बिआरटीनेपाल २०७७ भदौ १९ गते ६:५३ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खन्डन गर्नुभएको छ ।बीपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा महामन्त्री डा. कोइरालाले आफू एक महिनादेखि घरबाहिर ननिस्केको अवगत गराउँदै त्यस्ता तथ्यहीन समाचारका भ्रममा नपर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा उहाँले पार्टीको आगामी १४औं महाधिवेशनमा नेतृत्व परिवर्तन सँगसँगै विचार र सिद्धान्तमा समेत घनिभूत छलफल हुनुपर्ने बताउनुभयो ।महामन्त्री डा. कोइरालाले कोभिड–१९ का कारण केही महिना सारेर भएपनि यथासक्दो समयमा महाधिवेशन गर्नाको विकल्प नभएको धारणा व्यक्त गर्नुभयो ।

साथै, उहाँले सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएपनि कृषि मलको अभावले किसानको अवस्था दयनीय भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू