अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३२ | Colorodo: 15:47

नौ डाॅंडा काटेपछि म्युजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७७ भदौ १६ गते ६:५९ मा प्रकाशित

नेपाली साहित्यका विविध विधामा विगत साढे चार दशकदेखि नियमित लेखनका माध्यमले राम्रो पकड राख्ने साहित्यकार गोविन्द गिरीप्रेरणाको शब्दको दोस्रो गीति एल्बम “गुनासो” मा सङ्गृहीत गीत “नौ डाॅंडा काटेपछि“ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गोविन्द गिरी प्रेरणाको शब्द, नरहरि प्रेमीको सङ्गीत तथा नरहरि प्रेमी तथा सुमिना लो को दोहोरी स्वर रहेको यो गीत जिवि आग्रीको निर्देशन, दया शङ्कर चौधरीको छायाॅंकन, काल भैरवको कोरियोग्राफी तथा मीन रावलको सम्पादनमा यो म्युजिक भिडियो तयार भएको हो । यसमा सुशील जङ्ग कुॅंवर तथा सुष्मिता कुॅंवरको अभिनय रहेको छ !

कामको लागि परदेश जान लागेकी मायालु र स्वदेशमै रहने प्रेमीका बिच बिदाइको क्षणको भावलाई गीतले समेटेको छ ।

प्रतिक्रिया