अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०७ | Colorodo: 14:22

कराँते खेलाडी उज्वल शर्मा ठकुरीले छैठौं गिनिज बुक वर्ल्ड रेकर्ड राख्न सफल

बिआरटीनेपाल २०७७ साउन ३० गते ७:४१ मा प्रकाशित

नेपाली कराँते खेलाडी उज्वल शर्मा ठकुरीले छैठौं पटक गिनिज बुक विश्व रकर्डमा आफ्नो नाम राख्न सफल हुनु भएको छ । ५ केजी तौल सहित “वन लेग फुल कन्ट्याक्ट नी स्ट्राइक” मा उहाँले विश्व रेकर्ड कायम गर्नुभएको हो । मार्सल आर्टस र करातेका अव्बल खेलाडी ठकुरी अमेरिकाको मरिन गोजयु करातेको छैंठौं तहको ब्ल्याक बेल्ट हुनुहुन्छ ।

काठमाण्डौंबाट १८ बर्षअघि अमेरिका जानुभएका ठकुरी अहिले श्रीमती र छोरीसहित अमेरिकाको लिब्राड स्ट्रिटमा बस्नुहुन्छ । करातेको यो पछिल्लो विश्वरेकर्ड कायम गरेपछि उहाँले आफ्नो सफलताको सम्पूर्ण श्रेय बुवाआमालाई दिनुभएको छ । नेपालमा रहँदापनि ठकुरीले खेल बिधामा विभिन्न पदक तथा उपाधि जित्नुभएको थियो ।

प्रतिक्रिया