अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३५ | Colorodo: 10:50

पहिरो पीडितको राहत र उद्दारमा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

बिआरटीनेपाल २०७७ साउन ३० गते ७:३८ मा प्रकाशित

पहिरोका कारण शुक्रबार विभिन्न जिल्लामा भएको धनजनको क्षतिप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गर्नुभउको छ । ‘घटनाले मलाई स्तब्ध बनाएको छ, प्रचण्डले भन्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै प्रचण्डले सिन्धुपाल्चोक, कालीकोट र मकवानपुर जिल्लामा पहिरोमा परी मृत्यु भएकाहरुप्रति पार्टीको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले उद्धार र राहतमा जुट्न नेकपाका नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ । प्रचण्डले भन्नुभएको छ , ‘घटनामा बेपत्ता हुनुभएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयम्सेवी र सुरक्षाकर्मीलाई आव्हान गर्दछु। पहिरोमा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

पहिरोका कारण शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा ३७ घर पुरिँदा सात जनाको मृत्युभएको छ भने अरु झण्डै तीन दर्जन हराइरहेका छन्। त्यस्तै कालीकोटको महावै गाउँपालिकामा गएराति आएको पहिरोमा परी एकै परिवारका ६ जनाको मृत्यु भएको छ । मकवानपुरमा पनि पहिरोका कारण एक जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू