अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

अफगानिस्तानद्धारा ८० तालिवान कैदीबन्दीलाई रिहा

बिआरटीनेपाल २०७७ साउन ३० गते ७:३४ मा प्रकाशित

अफगानिस्तान सरकारले विभिन्न कारागारमा रहेका ४ सय तालिवान कैदी बन्दीहरुलाई रिहा गर्ने शर्त अनुरुप आज ८० जनालाई रिहा गरेको छ ।अफगानिस्तानमा विगत १९ बर्षदेखि युद्ध अपराध गर्दै आएको तालिवान बिद्रोही र अफगान सरकारबीच शान्तिवार्ता अघि तालीवानी विद्रोहीले अफगानिस्तानको कारागारमा रहेका कैदीबन्दीलाई रिहा गर्न शर्त अघि सारे अनुरुप अफगान सरकार कैदीलाई रिहा गर्न सहमत भएको हो ।

रिहा गरिएकाहरुमा आतंकवादमा संलग्न अफगानी नागरिक र बिदेशी पर्यटक रहेका छन् ।अफगानिस्तानको यो निर्णयले लामो समय ढिलाइ भएको शान्ति वार्ताको लागि मार्ग प्रशस्त गर्ने अनुमान गरिएको छ ।अफगानिस्तानले आफ्ना देशमा रहेको ४ सय कैदी रिहा गर्ने वचन दिएअनुसार पहिलो चरणमा ८० जना रिहा गरेको हो ।

बाँकीलाई भने चरणबद्ध रुपमा रिहा गर्दै जाने जनाईएको छ । कैदीबन्दीको रिहाइपछी अव यी दुई समूहबीच केही दिनमा कतारमा शान्ति वार्ता सुरु हुने अपेक्षा गरिएको छ ।कैदी बन्दीको रिहाईले प्रत्यक्ष वार्ता र राष्ट्रव्यापी युद्धविरामको लागि गतिलो प्रयास भएको अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयले जनाएको छ । २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि अफगानिस्तानबाट तालिबानलाई सत्ताबाट हटाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू