अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१३ | Colorodo: 02:28

आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान गाडीको पास वितरण नगर्न गृह मन्त्रालयको निर्देशन

बिआरटीनेपाल २०७७ साउन २९ गते ६:३५ मा प्रकाशित

आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान गाडीको पास नपाइने भएको छ । गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै आजदेखि लागू हुने गरी गाडीको पास वितरण नगर्न निर्देशन दिएको हो । योसँगै अत्यावश्यक कामबाहेकका लागि यसअघि लिइएका पास पनि रद्द भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार कोरोनाको संक्रमण बढ्दै गएकाले जिल्ला स्तरका पास वितरणमा रोक लगाइएको हो । यसअघि सरकारले अत्यावश्यक कामका लागि एक जिल्लाबाट अर्को जिल्ला जानको लागि गाडीको पास वितरण गर्दै आएको थियो । तर अब अत्यावश्यकबाहेकका लागि गाडीको पास बन्द भएको गृह मन्त्रालयले जनाएको हो ।

Singha Durbar administrative court

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू