अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

युवा जनशक्तिलाई उचित सदुपयोग गर्न नसकेको प्रधानमन्त्रीको भनाइ

बिआरटीनेपाल २०७७ साउन २८ गते ७:०१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेको स्वीकार गर्नुभएको छ । आज अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा शक्तिलाई देशमै पर्याप्त रोजगारीको व्यवस्था गरेर देशविकासमा लगाउन सरकार क्रियाशील रहेको पनि जनाउनुभएको हो ।

युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेको भन्दै उहाँले २५ प्रतिशत युवा देशबाहिर रोजगारी र शिक्षाका लागि गएको बताउनुभयो । तीन करोड जनसंख्या भएको मुलुकमा २६ लाख युवा रोजगारीका लागि बाहिर जानु राम्रो नभएको उहाँको भनाइ छ । प्रधानमन्त्रीले युवा विदेशिनबाट रोक्न सरकारले ठोस प्रयास गरिरहेको भन्दै केही वर्षभित्रै बाध्यतमा बाहिर जाने अवस्थाको अन्त्य गर्ने रणनीति सरकारले बनाइरहेको बताउनुभयो ।

युवा स्वरोजगार, युवा परिषद रोजगार र सहयोगका कार्यक्रम गरिएको भन्दै त्यसका लागि ७६ अर्व बजेट छुट्याएको प्रधानमन्त्रीको भनाई थियो । अहिले ४० प्रतिशत युवाले स्थानीय तहमा प्रतिनिधित्व गरिरहेको भन्दै त्यो भन्दा केही कम प्रदेश र संघीय तहमा प्रतिनिधित्व युवाबाट भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू