अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

नेपालमा कोरोना संक्रमणबाट ७३ जनाको मृत्यु, संक्रमितको संख्या २२ हजार ५९२ पुग्यो, थप ३७८ जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ साउन २४ गते ६:१३ मा प्रकाशित

नेपालमा कोराना भाइरसको संक्रमणबाट ७३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो। मुलुकमा शनिबारसम्म कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ८८ सपसिआर परिक्षण हुँदा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मुलुकभर ६ हजार २ सय ६ जना आइसोलेसनमा र क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार दुई सय रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९९ डिस्चार्ज भएका छन्। यो संगै कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ३१३ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा ५ सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ७ पुगेको छ। प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना संक्रमण शून्यमा झरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू