अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

कोरोनाको उपचारमा अत्यावश्यक औषधि ल्याउन चिकित्सक संघको आग्रह

बिआरटीनेपाल २०७७ साउन २३ गते ५:५६ मा प्रकाशित

नेपाल चिकित्सक संघले कोरोनाभाइरसको उपचारमा चाहिने अत्यावश्यक औषधि, शय्या र भेन्टिलेटरको संख्या वृद्धि गर्न सरकारलाई आग्रह गरेको छ ।संघले शुक्रबार विज्ञप्ति निकाली आइसीयुकक्षमा उपचाररत् बिरामीलाई अत्यावश्यक पर्ने इन्जेक्सन रेमेडिसिभिर नामक औषधि ल्याउन सरकारलाई आग्रह गरेको छ ।

संघले अक्सिजन, आइसीयुकक्षको संख्या र जनरल बेडको संख्यासमेत बढाउन भनेको छ ।जोखिमपूर्ण अवस्थामा काम गरिरहेका चिकित्सकहरुलाई नेपाल सरकारले वितरण गर्ने भनेको जोखिम भत्ता विभेदपूर्ण वितरण भएको भन्दै तत्काल वितरण गराउनसमेत आग्रह गरिएको छ । चिकित्सकहरुको कोभिड बिमा अनिवार्यरुपमा लागू गराउन पनि संघले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू