अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१ | Colorodo: 16:16

काठमाडौं उपत्यका भित्रिने नाकामा कडाई

बिआरटीनेपाल २०७७ साउन २१ गते ६:४८ मा प्रकाशित

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा कडाई गरिएको छ । सरकारले लकडाउन केही खुकुलो बनाएसँगै विभिन्न नाका हुँदै काठमाडौं भित्रिनेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाव संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाई गरेको छ । उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ ।

यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको छ । प्रहरीले आज पैदल हिडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुहरु सबैलाई फर्काएको छ । उपत्यका भित्रिने भक्तपुरको साँगा नाकामा आज अपरान्ह ४ बजे सम्म मास्क नलगाका २५ जनालाई प्रहरीले कारवाही गरेको छ ।

साथै पास नभएका गाडीहरुलाई फिर्ता पठाइएको छ । त्यस्तै उपत्यका प्रवेश गर्ने नाका साँगा हुँदै काठमाडौं भित्रिने पास विनाका गाडीहरुलाई फिर्ता गरिएको छ भने मास्क नलगाई यात्रा गर्ने र पैदल यात्रुहरु कारवाही परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू