अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

“सरकारलाई नागरिकले नै टेरेनन्” : प्रधानमन्त्री केपी ओली

बिआरटीनेपाल २०७७ साउन २० गते ५:५० मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले सरकारलाई नागरिकले नै नटेरेको गुनासो गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विज्ञ र विपक्षी दलका नेताहरुसँग सुझाव लिनेक्रममा प्रधानमन्त्री ओलीले सरकारको प्रयासले मात्रै कोरोनालाई परास्त गर्न नसकिने तथ्य बुझ्न आग्रह गर्नुभएको हो ।प्रधानमन्त्री ओलीले सरकारले २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन भने पनि नागरिकले नै बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले महामारी नियन्त्रण गर्न सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा जति बढी चेतना बढाउन सकिन्छ, कोरोनासँग लड्न पनि त्यति नै सहज हुने बताउनुभयो । सञ्चारमाध्यमले सरकार नै देखिएन भनेर प्रचार गरेको भन्दै प्रधानमन्त्री रुष्ट समेत बन्नुभयो ।

सरकारले काम गरेका ठाउँमा पुगेर हेर्न आग्रह गर्दै उहाँले कहिले लकडाउन किन भनेर, कहिले लकडाउन खोलेको भनेर विरोध गरेको टिप्प्णी गर्नुभयो । महामारी सबैको चुनौती रहेकोले कसैले पनि यसलाई विरोधको अवसर ठान्न नहुने उहाको भनाई थियो । लकडाउन गर्ने नगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गरिो भएपनि हरेकले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने काम गर्नुपर्ने प्रधानमन्त्रीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू