अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४७ | Colorodo: 12:02

विराटनगरस्थित कार्यकक्षमै श्रम उपसचिव प्रेम सञ्जेलमाथि कुटपीट

बिआरटीनेपाल २०७७ साउन १७ गते ६:५४ मा प्रकाशित

भ्रष्टाचार र अनियमितताविरुद्ध खरो व्यवहार गर्दै आउनुभएका विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख उपसचिव प्रेम सञ्जेललाई कुटपिट भएको छ । सञ्जेललाई शनिबार कार्यकक्षमै महिला कर्मचारीले हातपात गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले उपसचिव सञ्जेलमाथि कार्यकक्षमै करारमा कार्यरत दुई महिला कर्मचारीले कुटपिट गरेको जानकारी दिनुभयो ।

कार्यालय सहयोगी मेनुका सापकोटा र नेत्र भट्टराईले कार्यकक्षमै पसेर कुटपिट गरेको र यसबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । कार्यालयको टेबलमा रहेका पञ्चिग मेशिन, पेपर वेट, फाइल बोर्ड लगायतले सञ्जेलमाथि प्रहार गरिएको प्रहरीको भनाइ छ ।

कुटपिटमा संलग्न दुबै महिला कर्मचारीले सञ्जेलले अनावश्यक गालीगलौज गर्ने र एकलौटी रुपमा काममा खटाउने गरेकाले पनि कुटपिट गरेको प्रहरीलाई बताएका छन् । कुटपिटमा संलग्नले सञ्जेलको कार्यकक्षमा रहेका सामान फाल्नुको साथै कागजपत्र पनि च्यातिदिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू