अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

राज्य व्यवस्था समितिद्वारा प्रतिवेदन अध्ययन उपसमिति गठन

बिआरटीनेपाल २०७७ साउन १४ गते ६:३२ मा प्रकाशित

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न तीनओटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन गरेको छ ।समितिको बुधबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथि अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समिति सभापति शशी श्रेष्ठले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १८२ बमोजिम उपसमिति गठन गरेको जानकारी दिनुभयो ।सांसद रेखा शर्माको संयोजकत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ ।यस्तै, सांसद यसोदा सुवेदीको संयोजकत्वमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ ।

त्यसैगरी, सांसद विजय सुब्बाको संयोजकत्वमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ ।सबै उपसमितिले आन्तरिक कार्यविधि आफैं निर्माण गरेर अध्ययन गर्नसक्ने छन् ।उपसमितिमा संयोजकसहित बढीमा पाँचजना सदस्य रहने व्यवस्था भएपनि दुई समितिमा चारजनाका दरले गठन गरिएको सभापति श्रेष्ठले बताउनुभयो । उपसमितिले आयोगको वार्षिक प्रतिवेदन अध्ययन गरी १५ दिनभित्र समितिमा प्रतिवेदन पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू