अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४४ | Colorodo: 14:59

कोरोनाका कारण विश्वभर १ करोड ६८ लाख ९९ हजार ९ बढी संक्रमित, ६ लाख ६३ हजार ५ सय ३९ को मृत्यु

बिआरटीनेपाल २०७७ साउन १३ गते २३:५६ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर १ करोड ६८ लाख ९९ हजार ९ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म कोरोनाबाट ६ लाख ६३ हजार ५ सय ३९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित १ करोड ४६ लाख २ हजार १ सय ७२ जना उपचारपछि निको भएका छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा १ लाख ५२ हजार ३ सय २०, ब्राजिलमा ८८ हजार ६ सय ३४, भारतमा ३४ हजार २ सय ४०, रसियामा १३ हजार ५ सय ४, स्पेनमा २८ हजार ४ सय ३६, मेक्सिकोमा ४४ हजार ८ सय ७६, बेलायतमा ४५ हजार ८ सय ७८ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा १६ हजार १ सय ४७ , इटालीमा ३५ हजार १ सय २३, फ्रान्समा ३० हजार २ सय २३, जर्मनीमा ९ हजार २ सय ७ , क्यानडामा ८ हजार ९ सय १२ र बेल्जियममा ९ हजार ८ सय ३३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणका कारण पाकिस्तानमा ५ हजार ८ सय ९२, बंगलादेशमा ३ हजार , अफगानिस्तानमा १ हजार २ सय ७०, श्रीलंकामा ११ र माल्दिभ्स्मा १५ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ९९ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू