अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४३ | Colorodo: 16:58

माध्यमिक शिक्षा परीक्षाको नतिजा आउन ढिलाई

बिआरटीनेपाल २०७७ साउन १२ गते ६:५४ मा प्रकाशित

सरकारले साउन १५ गते भित्रै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने भनेर घोषणा गरे पनि नतिजा सार्वजनिक गर्नमा ढिलाइ हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले तोकेको नतिजा सार्वजनिक गर्ने मिति आउन तीन दिन मात्र बाँकी रहँदा अझै नतिजा सार्वजनिक गर्ने तयारी देखिएको छैन । अधिकांश विद्यालयबाट जिल्ला शिक्षा समन्वय ईकाइ हुँदै राष्ट्रिय परीक्षा बोर्डलाई विवरण प्राप्त भइसके पनि केहि विद्यालयको विवरण आउन बाँकी रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताउनुभयो ।

जेठ २८ गते बसेको मन्त्रीपरिषद् बैठकले २०७६ सालको एसईई नगर्ने निर्णय गरेको थियो । कोरोना महामारीका कारण परीक्षा गराउन असम्भव भएको भन्दै आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय भएको थियो । गत चैत ६ गतेबाट तोकिएको परीक्षा अन्तिम समयमा आएर स्थगित भएको थियो । यो वर्ष चार लाख ८२ हजार सात सय सात विद्यार्थी एसईई परीक्षा दिने तयारीमा थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू