अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२६ | Colorodo: 11:41

मन्त्री र सचिवलाई पनि समात्छौं – अख्तियार प्रमुख घिमिरे

बिआरटीनेपाल २०७७ साउन ११ गते ७:२१ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले घुस मागेको उजुरी आए मन्त्री र सचिवलाई पनि अख्तियारले नछोड्ने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त घिमिरेले घुस मागेको र दिएको भनेर पीडित अख्तियारमा गएमा आयोगले नसमात्ने भन्ने कुरा नहुने बताउनुभएको हो ।

अख्तियारको वार्षिक प्रतिवदेनमाथिको छलफलमा सांसदहरुले आयोगले साना माछालाई मात्र समात्ने गरेको, ठूला माछालाई छोड्ने गरेको भन्दै प्रश्न गरेपछि आयोगमा उजुरी परे कसैलाई छोड्ने कसैलाई समात्ने भन्ने नहुने उहाको भनाई थियो ।।अहिलेसम्म मन्त्री र सचिवमाथि उजुरी नपरेको घिमिरेले उल्लेख गर्नुभयो ।

उहाँले निर्वाचन महंगो भएका कारण पनि भ्रष्टाचार बढिरहेको समेत बताउनुभयो । एउटा वडाध्यक्ष हुन २५ देखि ३० लाख खर्च गर्ने, सांसद जित्नका लागि १ करोड मागेर खर्च गर्नुपर्ने अवस्था रहेको उहाको भनाई छ । निर्वाचन प्रणाली खर्चिलो भएकोले त्यो पैसा उठाउनका लागि पनि भ्रष्टाचार बढिरहेको घिमिरेको दावी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू