अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४६ | Colorodo: 15:01

प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७७ साउन ११ गते ७:१४ मा प्रकाशित

प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत चार जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई सङ्क्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजीपी निरजबहादुर शाहीले जानकारी दिनुभयो । शाखामै चार जनामा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्क र संसर्गमा आएकाको खोजी कार्य सुरु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू