अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४२ | Colorodo: 17:57

काठमाडौंमा साझा बस संचालन , बसमा आधा मात्रै यात्रु, मास्क अनिवार्य

बिआरटीनेपाल २०७७ साउन १ गते ६:४९ मा प्रकाशित

सरकारी लगानीको साझा यातायात काठमाडौं मा आज वाट सेवा सञ्चालनमा ल्याएको छ । लकडाउन भएसँगै रोकिएको साझाले २६ वटा बसमार्फत काठमाडौंका अधिकांश रुटमा सेवा सुरु गरेको हो । साझाले सरकारले तोकेअनुसार सिट क्षमताभन्दा आधा मात्रै यात्रु राखेर बस सञ्चालन गरेको जनाएको छ ।

बस चढ्न मास्कको प्रयोग अनिवार्य गरिएको छ । पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा सुरु गर्न लागिएको साझाले जनाएको छ । आवश्यकतानुसार बस थप्दै लैजाने साझाको तयारी छ । सरकारले तोकेअनुसार नै भाडा लिइने उसले जनाएको छ । मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि पनि यातायातले बसको मर्मतसम्भार भन्दै केही दिन बस थन्क्याएको थियो । बिक्रम संबत २०१९ सालमा सुरु भएको साझा यातायातलाई विगतमा सबैभन्दा लोकप्रिय सवारी साधन मानिन्थ्यो ।

विभिन्न समस्याका कारण २०६४ मा अवरुद्ध सेवा २०७० सालमा पुनः स्थापित गरिएको हो । साझाले अहिले काठमाडौं उपत्यकामा १० रुट तथा उपत्यका बाहिर पनि केही गन्तब्यमा सेवा दिईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू