अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

‘स्वीस बैंकमा प्रधानमन्त्रीको ५५ लाख डलर छ भन्ने समाचार भ्रामक र गलत’– सचिवालय

बिआरटीनेपाल २०७७ असार ३१ गते १:५६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकममा ५५ लाख अमेरिकी डलर छ भन्ने समाचार कपोकल्पित र भ्रामक रहेको सचिवालयले स्पष्ट पारेको छ । बुधबार प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीको चरित्रहत्या गर्ने किसिमका यस्ता समाचार भ्रामक र गलत भएको बताउनुभएको छ ।

‘ग्लोबल वाच एनालाइसिस’ को हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्प्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीलाई बदनाम गर्ने किसिमले बनाइएको यस्ता समाचार खेदजनक भएको उल्लेख छ । विज्ञप्तिमा यस्ता भ्रमपूर्ण समाचार नपत्याउन पनि सम्पूर्ण जनतामा आग्रह गरिएको छ । पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू