अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 16:09

बलिवूड अभिनेता अभिषेक बच्चनमा पनि कोरोना पुष्टि

बिआरटीनेपाल २०७७ असार २७ गते १३:४८ मा प्रकाशित

बलिउड अभिनेता अभिषेक बच्चनमा पनि कोरोना भाइरस भएको पुष्टि भएको छ । शनिवार साँझ कोरोना परीक्षण गर्दा उनका पिता अमिताभलाई कोरोना देखिएपछि अभिषेकको पनि कोरोना परीक्षण गर्दा उनमा कोरोना पाेजिटिभ देखिएको हो ।

अभिषेकले ट्विटर मार्फत शनिवार उनका बुवा अभिताब बच्चन र आफूमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गर्दै सामान्य लक्षण मात्रै देखिएपछि अस्पताल भर्ना भएको लेखेका छन् । आफूहरूले आवश्यक प्रक्रिया पूरा गरेको र परिवारका अन्य सदस्य र कर्मचारीको परीक्षण भइरहेको पनि उनले बताएका छन् । साथै उनले सबैलाई शान्त रहन आग्रह गर्दै नआत्तिन अपिल पनि गरेका छन् ।

प्रतिक्रिया