अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

विपद् व्यवस्थापन परिषद्को बैठकमा बाढीपहिरोको जोखिमबारे छलफल

बिआरटीनेपाल २०७७ असार २७ गते ०:३० मा प्रकाशित

मुलुकभर बाढीपहिरोको जोखिम बढ्दै गएपछि विपद् व्यवस्थापन परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । लगातारको वर्षासँगै मुलुकमा बाढीपहिरोको जोखिम बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्को बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री अध्यक्ष रहेको समितिमा विपक्षी दलका नेतासमेत सदस्य रहने व्यवस्था छ। बिहान ९ बजेबाट बालुवाटारमा परिषद्को बैठक जारी रहेको बताईएको छ ।

बैठकमा मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो, त्यसबाट हालसम्म भएको क्षति, बाढीपहिरोमा परेकाको उद्धार, राहत तथा थप जोखिम न्यूनीकरणलगायत विषयमा छलफल भइरहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू