अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल, सहमतिका लागि प्रयास हुँदै

बिआरटीनेपाल २०७७ असार २३ गते ०:०४ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुट्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अगाडीबाट छलफल शुरु भएको हो । पछिल्लो पटक विभाजनसम्म पुग्न लागेको नेकपाको एकतालाई जोगाई राख्न दुवै अध्यक्ष लचिलो भएपछि सहमतिको प्रयास भईरहेको छ । दुई अध्यक्षबीच जेठ २ को सहमति कि मंसिर ४ गतेको सहमति वा नयाँ सहमति गरेर अगाडी बढ्ने भन्नेमा छलफल केन्द्रीत रहेको छ । सम्भवत आजसम्म सहमतिको एउटा खाका तयार हुन सक्ने सम्भावना रहेको नेताहरुले बताउनु भएको छ ।

नक्सा र नागरिकता विधेयक पारित भएपछि ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा गराउन सक्रिय भूमिका खेलिरहनु भएका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई पनि आवश्यक परे बैठकमा सहभागी गराउने अध्यक्षद्वयको भनाई छ । यद्यपी दुई अध्यक्षलाई नै सहमतिको खाका लिएर आउन भनिएको नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिनुभयो ।

सोमबार दिउसो करिब दुई घण्टासम्म चलेको ओली–प्रचण्डको ‘वान–टू–वान’ वार्ता सकरात्मक बनेपछि आज पुन छलफलमा जुट्नु भएको हो । प्रचण्डले आलोपालो प्रणाली अनुसार अगाडी बढ्नुपर्ने कुरा उठाउनु भएको छ भने प्रधानमन्त्री ओलीले मंसिर ४ मा भएको पछिल्लो सहमति अनुसार अगाडी बढ्नुपर्ने कुरा राख्नु भएको छ । नेता पुनका अनुसार सबै विचारलाई समेट्दै पार्टी एकताको भावना, निर्वाचनमा प्राप्त जनताको भावनालाई समेट्ने गरी समाधान खोजिने बताउनु भयो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू