अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२८ | Colorodo: 03:43

गत २४ घण्टामा २ सय ९४ कोरोना सङक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय नाघ्यो

बिआरटीनेपाल २०७७ असार २१ गते ७:४६ मा प्रकाशित

नेपालमा गत २४ घण्टाको अवधिमा २ सय ९४ जना कोरोना सङक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ९३ थपिएसँगै कोरोना सङक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । आइतबार नियमित जानकारी गराउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत २४ घण्टामा १ सय ३२ सङक्रमण मुक्त भएका जनाएको छ । योसँगै हालसम्म ६ हजार ६ सय ४७ जम्मा कोरोना निको भएर डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

देशका २५ वटा प्रयोगशालामार्फत कोरोनाको परीक्षण भइरहेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृतक थपिएका छैनन् ।

अहिले ९ हजार २ सय ३ जना आइसोलेसनमा रहेका छन् भने ३१ हजार ५ सय ७३ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय १० जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू