अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७ | Colorodo: 17:02

मोरङ जिल्लामा सूक्ष्म शिक्षण अभियान सम्पन्न

बिआरटीनेपाल २०७७ असार १९ गते १३:४२ मा प्रकाशित

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, जिल्ला समिति मोरङले सूक्ष्म शिक्षण अभियान २०२० कार्यक्रम असार १९ गते समापन गरेको छ । एक हप्तासम्म चलेको कार्यक्रममा देशभरिका विभिन्न विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूले सूक्ष्म पाठ योजनासहित आफ्नो शिक्षण कौशल प्रस्तुत गरेका थिए । प्रविधि मैत्री भएर आफ्नो विषयको कक्षा प्रस्तुत गर्ने शिक्षणहरूलाई समीक्षकहरूद्वारा सुझाव तथा परामर्शसमेत प्रदान गरिएको थियो ।

सङ्गठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको परिकल्पनाकार सङ्गठनकै राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्मा भएको जानकारी कार्यक्रमका अध्यक्ष भट्टराईले दिनुभएको थियो । सो कार्यक्रमको योजना बनाउन सहयोग गर्नेहरूमा सङ्गठनका राष्ट्रिय समितिका महासचिव हंस शाहीलगायत सिङ्गो राष्ट्रिय समिति रहेको जानकारी पनि भट्टराईले नै दिनुभएको थियो । शर्माले शिक्षालाई प्रविधि मैत्री बनाउनको लागि शिक्षक तयार हुनुपर्ने र शिक्षकलाई तयार बनाउन विभिन्न तालिमको आवश्यक पर्ने कुरा सोही कार्यक्रममा बताउनुभएको थियो । सङ्गठनले अघिल्ला कार्यक्रमहरू विभिन्न शीर्षकमा रहेर गरिसकेको र ती कार्यक्रम प्रविधिको सीपसम्बन्धी रहेको हुनाले यस सूक्ष्म शिक्षण अभियान शिक्षकहरूका लागि सबैभन्दा बढी प्रभावकारी भएको कुरा समापनको दिन शर्माले नै राख्नुभएको थियो ।

प्रविधियुक्त सूक्ष्म योजना बनाएर कार्यक्रममा विभिन्न जिल्लाबाट आफ्नो क्षमता प्रस्तुत गर्नेहरूमा खेम लिम्बू, बविता पराजुली, सरस्वती पाण्डे, नेत्र तामाङ, दीपक अर्याल, किरण भण्डारी, श्रीप्रसाद न्यौपाने, दीक्षा तुम्सा, यशोदा रेग्मी, शकुन्तला सोती, दीपेन्द्र शाह, कविता खनाल, खिनाकुमारी बुढाथोकी, झङ्क पराजुली, तीर्थराज ढकाल, बिना लामिछाने र रेखा विकसहित सत्र जना थिए । उनीहरूले नेपाली, अङ्ग्रेजी, विज्ञान, सामाजिक, कम्प्युटरलगायत विभिन्न विषयमा आआफ्नो कक्षा प्रस्तुत गरेका थिए । सात दिनको ती प्रस्तुतिहरूमा समीक्षा गर्ने आठ जना समीक्षकहरूमा सङ्गठनका राष्ट्रिय समितिका पूर्व उपाध्यक्ष एकराज भट्टराई, सोही समितिका पूर्व महासचिव रमाकान्त सापकोटा, मोरङ जिल्लाको सुकुना बहूमुखी क्याम्पसका उपप्राध्यापक हर्क गुरुङ, डा. पेशल खनाल(त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर,सेन्ट्रल डिपार्टमेन्ट अफ एजुकेशन),प्रदेश नं. १ सुनसरीका शिक्षा तालिम केन्द्र प्रमुख गणेश अधिकारी, सो कार्यक्रमकै ब्युरो प्रमुख केशवराज घिमिरे, शङ्खरापुर नगरपालिका, काठमाडौँका उपसचिव बौधराज निरौला, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला र डा. मिनाक्षी दाहाल ( काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसन) थिए । समीक्षकहरूले कक्षा प्रस्तुत गर्ने सम्पूर्ण शिक्षकहरूलाई बधाई दिँदै सुझाव तथा परामर्श समेत दिएका थिए । 

जिल्ला सचिव महेशकुमार गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा संगठकै गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा सो कार्यक्रमका ब्युरो प्रमुख केशवराज घिमिरेले प्राविधिक रूपमा विशेष सहयोग गर्नुभएको थियो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, मोरङ जिल्लाको शैक्षिक अनुसन्धान तथा तालिम विभागका संयोजक एन.पि भण्डारी, सो विभागकै सदस्य तथा कार्यक्रमकी होस्ट धर्मकुमारी भण्डारी, इलामका जिल्ला अध्यक्ष प्रकाश खनाल, प्रदेश नं. १ का सङ्गठनका प्रदेश अध्यक्ष बुद्धिमान कार्की, प्रदेश नं. १ कै सचिव रघुनाथ मिश्रलगायत विभिन्न व्यक्तिहरूको पनि कार्यक्रममा विशेष सहयोग रहेको र सात दिनको कार्यक्रममा देशभरिबाट हजारौँ शिक्षकहरूको उपस्थित रहेको जानकारी सङ्गठनकी मोरङ जिल्ला सहसचिव तथा सो अभियान कार्यक्रमकी प्रचारप्रसार विभाग प्रमुख रिता पाठकले दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू