अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०४ | Colorodo: 06:19

लकडाउनको कारण देखाएर जागरिबाट निकालिएपछि नाम चलेका मिडिया हाउसका पत्रकारहरु सडकमा

बिआरटीनेपाल २०७७ असार १९ गते ७:३४ मा प्रकाशित

लकडाउनको कारण देखाएर मिडिया हाउसले निकाल्ने, बेतलबी विदामा राख्ने, तलब नदिनेजस्ता गतिविधि बढेपछि पत्रकारहरु सडकमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघको अगुवाईमा शुक्रबार बबरमहलमा पत्रकारहरुले प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् । प्रतिष्ठित मिडिया हाउसका कर्मचारी र पत्रकारहरु पनि संगठित भएर सडकमा उत्रिएका हुन् ।

कान्तिपुर मिडिया ग्रुपका पत्रकार र कर्मचारीले ब्यानरसहित महासंघको कार्यक्रममा एक्यबद्धता जनाएका छन्। लकडाउन सुरु भएसँगै कान्तिपुर, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका, उज्यालो रेडियोसहित नाम चलेका सन्चार माध्यमहरुले पत्रकार तथा कर्मचारीलाई निकाल्ने, बेतलबी विदामा राख्ने, तलब नदिने र दिएपनि आधा मात्र दिनेजस्ता गतिविधी बढेको भन्दै महासंघले आन्दोलन सुरु गरेको हो।

‘अरुको आवाज हामीले सुन्यौँ। हाम्रो आवाज कसले सुन्ने ?’, ‘सन्चारगृहले कमाएको अर्बौँ मुनाफा खोई?’ लेखिएका प्ले कार्ड बोकेर पत्रकारहरुले सडकमा प्रदर्शन गरेका थिए । लकडाउनका कारण देखाएर कान्तिपुर मिडिया ग्रुपले नारी, साप्ताहिक र नेपाल बन्द गरेको छ भने नागरिकले अंग्रेजी संस्करणको रिपब्लिका बन्द गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू