अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 18:29

अत्यन्तै छिटो सकियो मन्त्रिपरिषद बैठक, कतिपय मन्त्रीहरु बैठकस्थल पुग्न नपाउँदै गरियो निर्णय

बिआरटीनेपाल २०७७ असार १८ गते ६:५९ मा प्रकाशित

बिहीबारको मन्त्रिपरिषद बैठक अत्यन्तै छिटो गतिमा सकिएको छ । संघीय सरकारका कतिपय मन्त्रीहरू बैठकस्थलमा पुगिनसक्दै बैठक सकिएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा २० मन्त्रीमध्ये १३ जनामात्रै सहभागी भएको बताईएको छ ।

गृहमन्त्री रामबहादुर थापा, बन मन्त्री शक्तिबहादुर बस्नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराईलगायत कतिपय मन्त्री बैठकमा पुग्न नपाउँदै मन्त्रिपरिषद बैठक सकाईएको हो ।

छिटो छटो गरी सकाईएको आजको बैठकले संसद अधिवेशन आजै ५ बजेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदले सिफारिस गरेको डेढ घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू