अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४२ | Colorodo: 20:57

नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग

बिआरटीनेपाल २०७७ असार १६ गते ७:२९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी बैठकमा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । तीन दिनअघि आफ्नो सरकार ढाल्न भारतीय राज्य संयन्त्रसहित आफ्नै पार्टीका नेताहरु पनि लागि परेको अभिव्यक्ति प्रधानमन्त्री ओलीले दिनुभएको थियो ।

आजको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा दिल्लीले नभई आफूले मागेको भन्दै प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आधार के हो ? भन्दै प्रश्न गर्नुभएको छ । आजको बैठकमा बरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीको राजीनामा माग गर्नुभएको बैठकमा सहभागि नेताहरुले बताएका छन् ।

शुक्रबार र शनिबार सीमा समस्या लगायतका विषयमा केन्द्रीत भएको बैठक आइतबार प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढलाउन भारत र भारतीय दुतावासले बैठकहरू गरेको भन्ने अभिव्यक्ति दिएपछि राजीनामा तिर मोडिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू