अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१५ | Colorodo: 22:30

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे छलफल

बिआरटीनेपाल २०७७ असार १६ गते १:०३ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीवीच भेटवार्ता भएको छ । मंगलबार विहान साढे १० बजे प्रधानमन्त्री ओली राष्टपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुग्नुभएको थियो । सरकारका कामकारवाही, ओलीको अभिब्यक्ति र पार्टीभित्रको अन्तरद्वन्द्व उत्कर्षमा पुगेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

ओलीले १० बजेदेखि आधा घन्टा राष्ट्रपतिसँग छलफल गर्नुभएको थियो । भेटमा के कुराकानी भयो भन्ने बाहिर आएको छैन । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित नेकपा स्थायी कमिटीको बैठकमा सहभागी बन्नुपूर्व प्रधानमन्त्री ओली शीतलनिवास पुग्नुभएको हो ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे कुराकानी भएको बुझिएको छ । ओलीको अभिब्यक्तिलाई लिएर भारतको नयाँ दिल्लीले पनि विशेष चासो ब्यक्त गरेको छ ।

??????

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू