अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

आज पनि देशका धेरै स्थानमा वर्षा हुने

बिआरटीनेपाल २०७७ असार १३ गते ७:०६ मा प्रकाशित

आज पनि देशका धेरै स्थानमा वर्षा हुने मौसमविद्हरूले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार आज दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ । प्रदेश १, २, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भने भारी वर्षाको भएको छ ।

यस्तै राति पनि सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा प्रदेश १, २, बागती तथा गण्डकी र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज तुलनात्मक रूपमा वर्षा केही कम हुने र भोली वर्षा अरू बढ्ने बासीले बताउनुभयो ।

महाशाखाका अनुसार अहिले साँझ पनि देशका थोरै स्थानमा वर्षा भइरहेको छ । वर्षा हुने क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को अनुरोध छ ।

देशभर मनसुन सक्रिय हुनाका साथै नेपालको दक्षिणी सीमानिजकै मनसुनको न्यून चापीय रेखा रहेकाले मौसम बदली र वर्षा बढेको मौसमविद्ले बताएका छन् । मौसमविद् बासीका अनुसार अझै २–३ दिन वर्षा रोकिने सम्भावना देखिँदैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू