अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२५ | Colorodo: 19:40

एमसीसी विरोधमा माइतीघरमा महिलाहरुको प्रदर्शन

बिआरटीनेपाल २०७७ असार ९ गते ७:२८ मा प्रकाशित

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै मंगलबार पनि विरोध प्रदर्शन भएको छ। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा स्वतन्त्र महिलाहरुले विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले एमसीसी देशकालागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै प्रदर्शन गरेका हुन्।

एमसीसी सम्झौता किन राष्ट्रघाती भन्दै विभिन्न कारणहरु लेखिएका ब्यानरहरु लिएर प्रदर्शनकारीहरु सडकमा उभिएका थिए। अमेरिकी सैन्य केन्द्रीय मुकाम पेन्टागनको योजना अनुसार हिन्द प्रान्तीय रणनीतिको अभिन्न अंग भएकाले, नेपालको पानी प्रयोग गरी उत्पादन गरिएको बिजुली अन्य देशमा बेच्ने भएकाले, नेपाल सरकारले एमसीसीलाई चित्त बुझ्ने योजना तयार पारी पठाउनु पर्ने र त्यस्तो योजना भारतको सरकारले समर्थन गर्नुपर्ने भएकाले, चीनलाई फौजि रुपमा घेरा हाल्न नेपालमा सैन्य अखडा खडा गर्ने भएकाले, अमेरिकी सरकारले चाहेमा जुनसुकै बेला पनि यो सम्झौता रद्द गर्न सक्ने लगायतका कारणहरु लेखिएका ब्यानरहरु लिएर प्रदर्शनकारी सडकमा उभिएका थिए।

त्यस्तै ‘युएसए गो ब्याक’, ‘एमसीसी चाहिँदैन देश बेच्न पाइदैन’, ‘रिजेक्ट एमसीसी’, ‘नो एमसीसी’ लेखिएका पम्पप्लेटहरु लिएर प्रदर्शनकारीहरु सडकमा बसेका थिए। प्रदर्शनमा बालबालिकालाई समेत प्रयोग गरिउको पाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू