अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५१ | Colorodo: 13:06

सात वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने प्रस्तावमा काँग्रेसको फरक मत

बिआरटीनेपाल २०७७ असार ७ गते ७:५८ मा प्रकाशित

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने प्रस्तावमा फरक मत राखेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे आज भएको छलफलमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, अमरेशकुमार सिंह, मीना पाण्डे र विनोद चौधरीले फरक मत दर्ता गराउनुभएको हो ।

कांग्रेसले हाल राज्य व्यवस्था समितिमा प्रस्तावको रुपमा आएको र सत्तारुढ नेकपाले सहमति गरेको वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने प्रस्ताव यसअघि दलीय सहमतिमा बनेको नागरिकता ऐन २०६३ को विपरीत रहेको बताएको छ । नागरिकतामा गरिने नयाँ व्यवस्थाले संवैधानिक, सामाजिक र पारिवारिक जटिलता देखिने कांग्रेसको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू