अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१६ | Colorodo: 07:31

कर्मचारी ट्रेड यूनियनको निर्वाचन सर्यो, कार्य समिति यथावत्

बिआरटीनेपाल २०७७ असार ४ गते ७:४४ मा प्रकाशित

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको निर्वाचन कोरोना भाइरस संक्रमणको कारण सरेको छ । ट्रेड यूनियनको जेठ १९ गतेको लागि तोकिएको निर्वाचन कोरोनाको कारण आउँदो असोज २४ गतेको लागि सारिएको हो । कोरोना महामारीको कारण निर्वाचन निर्धारित समयमा गर्न नसकेर सार्नुपरेको श्रम तथा व्यवसाय सुरक्षा विभागले जनाएको छ ।

ट्रेड यूनियनको कार्य अवधि ४ वर्षको हुने गरेको छ । ट्रेड यूनियनको निर्वाचन यसअघि २०७३ जेठ १९ मा भएको थियो । अर्को निर्वाचन नहुन्जेल विद्यमान ट्रेड यूनियनलाई मान्यता दिइएको विभागले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू