अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५२ | Colorodo: 18:07

सरकारविरुद्ध प्रदर्शन गर्ने ५ विदेशीलाई २ वर्ष नेपाल प्रवेश गर्न रोक, अन्तर्राष्ट्रिय उडान सुरु भएपछि निस्कासन गरिने

बिआरटीनेपाल २०७७ असार १ गते ७:१४ मा प्रकाशित

अध्यागमन विभागले सरकारविरुद्ध प्रदर्शन गर्ने ५ विदेशी नागरिकलाई २ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी रोक लगाएको छ । लकडाउन खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिएर २ वर्षका लागि नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासन गरिने अध्यागमन विभागका महानिर्देशक रमेश केसीले जानकारी दिनुभयो ।

पक्राउ परेका ६ जनामध्ये एक नेपाली नागरिकसँग विवाह गरी वैवाहिक भिसा लिएका कारण उनलाई भने जरिवानामात्रै गरिएको छ । जेठ ३१ गते सरकारविरुद्ध आह्वान गरिएको प्रदर्शनमा तीन चिनियाँ नागरिक ४० वर्षिय महिला क्वीन लि, २६ वर्षिय लिउ सु र ३० वर्षिय यानन जिया, अस्ट्रेलियन नागरिक २४ वर्षिय कलानी गाकोन, ३२ वर्षिय अमेरिकी नागरिक स्टेफनी एनथमसन र ३१ वर्षीय नर्वेजियन महिला महिला मरिता लिभरोद सरकारविरुद्ध प्लेकार्डसहित प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनकै क्रममा उनीहरु पक्राउ परेका थिए ।

महानिर्देशक केसीका अनुसार पक्राउ परेकामध्ये नर्वेजियन नागरिक मरिता लिभरोदलाई ५ हजार जरिवानामात्रै गराइएको छ । बाँकी ५ जनामध्ये तीन चिनियाँ र एक अमेरिकी नागरिकलाई १० हजार जरिवाना र २ वर्ष नेपाल प्रवेशमा रोक लगाइएको छ । अस्ट्रेलियन नागरिक कलानी गाकोनलाई भने २ वर्ष नेपाल प्रवेश गर्न रोक लगाउनुका साथै २० हजार रुपैयाँ जरिवाना गरिएको छ । विदेशी नागरिकलाई नेपालमा कुनै पनि किसिमको राजनीतिक अधिकार छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू