अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 18:47

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या १ सय १३ पुग्यो

बिआरटीनेपाल २०७७ जेठ २४ गते २१:५८ मा प्रकाशित

गण्डकी प्रदेशमा आज ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा ३८ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ थपएिकाहरुमा स्याङ्जाको वालिङ नगरपालिका घर भइ पालिकाकै क्वरेन्टीनमा बस्दै आएका १३ जना र भीरकोट नगरपालिका घर भइ पालिकाकै क्वरेन्टीनमा बस्दै आएका १ जना छन् ।

सङ्क्रमण पुष्टि हुनेहरुमा वालिङका २९,४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षका पुरुष रहेका छन् भने भीरकोट नगरपालिकाका ४५ वर्षका पुरुष रहेका छन् । यसैगरी बाग्लुङका १० जनामा बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २१, २९, १६ र १ जना उमेर नखुलेका पुरुष रहेका छन् भने ढोरपाटन नगरपालिकाका १ जना २६ वर्षका पुरुष रहेका छन् ।

यसैगरी, गोरखाको गण्डकी नगरपालिकाका ९ जना र पालुङटार नगरपालिकाका १ जना रहेका छन् । गण्डकी नगरपालिकाका संक्रमितहरुमा २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षका पुरुष रहेका छन् । त्यस्तै पालुङटारका १७ वर्षका पुरुष रहेका छन् । त्यस्तै नवलपरासी सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३०, ३५ र ४५ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सङ्क्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो । यो सहित गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ११३ पुगेको छ । ३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू