अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

युएइमा अलपत्र १ सय ६८ यात्रुसहित एयर अरेबियाको विमान त्रिभुवन विमानस्थलमा अवतरण

बिआरटीनेपाल २०७७ जेठ २३ गते ६:५१ मा प्रकाशित

दुबईबाट १ सय ६९ यात्रु सहित एउटा शव लिएर आएको एयर अरेबिया त्रिभुवन विमानस्थलमा अवतरण भएको छ। शव इलामका एक युवकको भएको बताइएको छ। यूएई आफैले अलपत्र रहेका नेपाली कामदार स्वदेश फर्काएको हो। अब उनिहरुलाई होल्डिङ सेन्टरमा लगेर आवश्यक जाँच गरि त्यसपछि क्वारेन्टाइनमा पठाइने छ। एयर अरेबियाको विमान साँझ पौने ६ बजे अवतरण भएको हो।

सरकारले विदेशमा अलपत्र नेपालीलाई फर्काउने निर्णय गरेपछि उद्धार सुरु भएको हो। सरकारले पहिलो चरणमा १५ वटा प्राथमिकता तय गरेर त्यसमा समेटिनेलाई स्वदेश फर्काउने निर्णय गरेको थियो। नेपालको वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकहरु आफैले विभिन्न कारणले अलपत्र कामदारलाई स्वदेश फर्काउन थालेका हुन्। सरकार आफैले पनि फ्लाइट चार्टर्ड गरेर नेपाल ल्याउने तयारी गरिरहेको छ।

खाडीका नेपाली राजदुतले भने धेरै नेपाली श्रमिकसँग स्वदेश फर्कने टिकट भएको र कम्पनीले आफै पनि पठाउन सक्ने भएकाले सरकारले चार्टर्ड गर्नुभन्दा व्यावशायीक उडानहरु खुला गर्नुपर्ने माग गरेका छन्। सरकारले पहिलो चरणमा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई स्वदेश फर्काउने योजना बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू